कार्तिक १६ गेरीगञ्ज । गौरीगञ्ज वडा नँ ६ स्थित खजुरगाछी उच्च माविका एक शिक्षकलाइ कोरोना सँक्रमण पुष्टी भएको छ । कोरोनासँक्रमणका लक्षण हरु देखिएपछी दमक गइ स्वाब परीक्षण गराउदा उनको रिपोर्ट पोजेटिभ आएको कुरा बिद्यालयका प्रधानाध्यापक गजेन्द्र बिक्रम साहले जनाएकाछन् । गौरीगञ्ज वडा नँ ६ निबासी उक्त शिक्षकलाइ कोरोना पुष्टी भएको र अन्य २ जना शिक्षकहरुमा समेत कोरोनाको लक्षणहरु देखिएको र उनिहरु होम आइसोलेसनमा बसिरहेको कुरा प्रअ साहले जनाएका छन् । अन्य २ जनामा सबै लक्षण देखिएको छ तर स्वाब परिक्षण गरिएको छैन र अरु केहि शिक्षकहरु लाइ समेत सामान्य ज्वरो सहितको लक्षण देखिएको छ – उनले भने ।
बिद्यालयका पुरुष शिक्षकलाइ सँक्रमण पुष्टी भएपछी शिक्षा शाखा गौरीगञ्जले एक सुचना जारी गर्दै आजदेखि मँसिर ६ गते सम्म लागि गाउँपालिका भित्रका सम्पुर्ण बिद्यालयहरुका पठन पाठन स्थगित गरेको जनाएको छ ।