खजुरगाछी-गौरीगञ्ज समाजसेवी युवा सँघको सरसफाइ कार्यक्रम

पढ्न समय: 1 मिनेट


असोज २४, गौरीगञ्ज ।‌ चाडवाड नजिकिदै गरेको बेला गौरीगञ्जमा सकृय युवाहरुको समुहले शनिबार बजार सरसफाइ गरेको छ । खजुरगाछी गौरीगञ्ज समाजसेवी युवा सँघ को अगुवाइमा आज गौरीगञ्ज र खजुरगाछी बजारको सरसफाइ गरिएको हो । समाजसेवी युवा सँघको सरसफाइ अभियानमा उद्योग वाणिज्य सँघ गौरीगञ्ज र समुदाय – प्रहरी साझेदारी कार्यक्रमले समेत हातेमालो गरेको थियो ।


सरसफाइमा समाजसेवी युवा सँघका सदस्य हरु सँगै इलाका प्रसासन कार्यालयका प्रमुख धनञ्जय साह, वडा नँ ३ का वडाध्यक्ष मखना महतो, उद्योग वाणिज्य सँघ गौरीगञ्जका सचिब श्रवण गिरी, ईलाका प्रहरी कार्यालयका प्रमुख राकेश रेग्मी, गौरीगञ्ज ट्राफिक ईञ्चार्ज साजन कार्की लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

Facebook Comments
यो समाचार सेयर गर्नुहोस्