मँसिर २२ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाकी पुर्व गाउँपालिका सदस्य फुलोदेवी ताजपुरिया हाल स्तन क्यान्सर रोगले ग्रस्त छिन । गौरीगञ्ज वडा नँ ४ सुकुम्बासी टोल घर भएकी उनको हाल चितवन स्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार भएरहेको छ । उनको परिवारको आर्थिक अबस्था अत्यन्तै कमजोर रहेका कारण उपचारमा लाग्ने ४ देखि ५ लाख रुपैया जुटाउन उनलाइ धौ धौ परिरहेको छ ।
उनको आर्थिक अबस्था देखेरै वडा नँ का युवा तथा हाल गौरीगञ्जका कार्यपालिका सदस्य सन्तलाल ताजपुरिया लगायतले अहिले फुलोदेवी ताजपुरिया अभियान नै सञ्तचालन गरेर थोर बहुत आर्थिक सँकलन गरि उनको उपचारका लागि सहयोग जुटाइरहेका छन् । र यहि अभियानलनाइ देखेर बैदेशिक रोजगारीका शिलशिलामा मलेसिया पुगेका केहि नेपाली युवाहरुले उनको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । मलेसियाको डि एन्ड वाइ टेक्सटायल कम्पनीमा कार्यरत गौरीगञ्ज ४ टेटना गाउँका धर्मेन्द्र ताजपुरिया र वडा नँ ४ कदमगाछीका भोला शँकर राजवँशी तथा महोत्तरीका मौसम अधिकारी मनोज यादव र बाँकेका मोहन शाहीले बिहिबार रु ४३ हजार ४ सय ९० रुपैया आर्थिक सहयोग पठाएको कुरा फुलोदेवी बचाउ अभियानका अभियन्ता सन्तलाल ताजपुरियाले बताएका छन् ।
केहि दिन अघि मलेसिया बाटै मनोज कुमार ताजपुरिया लगायतका युवाहरुले उनको सहयोगार्थ रु १४ हजार २ सय रुपैया पठाएका थिए । यो बाहेक अभियानमा अन्य केहिले समेत थोरबहुत सहयोग गरिरहेको कुरा अभियन्ता ताजपुरियाले बताएका छन् । उनि सबै सहयोगी मनहरुलाइ धन्यबाद भन्दै फुलोदेवी बचाउ अभियानमा आर्थिक सहयोग गरेर उनको जीवन रक्षाका लागि अपिल समेत गरिरहेका छन् ।
क्यान्सर पिडित फुलोदेवी ताजपुरियालाइ आर्थिक सहयोग गर्न एनआइसी एसिया बैँकको A/C Holder Name: PHULE DEVI TAJPURIYA A/C number: 8787537241524001 Bank Name: NIC ASIA BANK LTD मा रकम जम्मा गरेर सहयोग गर्न सकिने छ ।