कोशी प्रदेशको बजेट अधिवेशन आइतबार

जेठ ९, बिराटनगर । कोशी प्रदेशको बजेट अधिवेशन जेठ १४ गते आइतबार का लागि आह्वान गरिएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्ले सोमबार गरेको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार जेठ १४ गते आइतबारका लागि प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको हो ।
‘प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८०÷०२÷०८ गतेको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० साल जेठ १४ गते आइतबार दिनको २ः०० बजे कोशी प्रदेशको दोस्रो तथा बजेट अधिवेशन आह्वान गर्नुभएको छ ।’ प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तीमा उल्लेख छ ।

अघिल्लो लेखमारँगेलीमा पाठेघर काे निशुल्क शिविर सन्चालन
अर्को लेखमाबिराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा