भदौ ७ बिराटनगर ।‌ कोशी प्रदेश सभाको चालु तेस्रो अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुखको कार्यालयले एक सुचना जारी गर्दै अधिवेशन अन्त्य भएको जानकारी दिएका छन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले गएराति १२ बजेदेखि अधिवेशन अन्त्य गरेकाे प्रदेश प्रमुख कार्यालयले जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो बेलुका बसेको बैठकले तेस्रो अधिवेशन अत्यका लागि प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

अधिवेशन अन्त्य गरी प्रदेश सरकारले तत्कालीन हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेट फिर्ता गरी बजेटसम्बन्धी अर्को अध्यादेश ल्याउने तयारी गरेको छ ।