साउन ९ , गौरीगञ्ज । कोरोना सँक्रमण का कारण गौरीगञ्जका एक पुरुषको मृत्यु भएको छ । वडा नँ ६ का ५५ वर्षिय पुरुषको गएराति उपचारका क्रममा मेची अञ्चल अस्पताल भद्रपुर मा निधन भएको कुरा प्राथमिक स्वास्थ्य केन्द्र गौरीगञ्जका प्रमुख अनुप शर्माले जानकारी दिएकाछन् ।
उनलाई शुक्रबार एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । अक्सिजनको मात्रा घट्दै गएपछि उनलाई भद्रपुर रेफर गरिएको थियो ।
यो सँगै कोरोना सँक्रमणका कारण यो बर्ष गौरीगञ्जमा ज्यान गुमाउने हरुको सँख्या ६ पुगेको छ भने वडा नँ ६ मै मृतकको संख्या ३ पुगेको छ ।