कोरोना सँक्रमणका कारण अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृतको निधन

जेठ ३, गौरीगञ्ज । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना सँक्रमण का कारण मृत्यु भएको छ ।

गत बैशाख १० गते एन्टिजेन परीक्षण गर्दा सँक्रमण पुष्टि भएका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि बैशाख १७ गते थप उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा भर्ना गरिएको थियो । लामो समयसम्म उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।

उनको आज साढे २ बजे मृत्यू भएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

अघिल्लो लेखमाप्याट्रोलियम पदार्थको मूल्य बढ्यो
अर्को लेखमाईशान्त फर्मेस ले गरे रँगेलीको काेभिड अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण