रबिन्द्र बराल ।
कृषि विकास बैक रंगेली का शाखा प्रमुख ले सेवा ग्राहिलाई ऋण दिए बापत सेवा ग्राहि संग १ लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ । रु १ लाख नदिए सम्म शाखा प्रमुख ले ऋण स्विकृत गर्ने आनाकानी गरे पछि एक सेवाग्राही मिडिया मार्फत हारगुहार गरेकाछन् ।
स्थानीय उद्यमी बिपिन मण्डल ले कृषि विकास बैंक सँग ऋण माग गर्दा बैंकका शाखा प्रमुख ले रु १ लाख घुस मागेको आरोप सहित मिडियामा आएपछि रंगेली नगरपालिका ७ मा रहेको कृषि विकास बैंक ले कृषक तथा ब्यापारी हरु संग खुलेआम घुस माग गरेर ऋण दिने गरेको खुलासा भएको छ ।
विपिन ट्रेडर्स र अटो लिंक सन्चालक विपिन कुमार मंण्डल र सचिन कुमार मण्डल ले सन्चालनमा ल्याएकाे विपिन ट्रेडस ले सुरुमा १४ बर्ष अगाडि १ लाख रुपैयाँ ऋण लिएर उनलेे आफ्नो व्यवसाय सञ्चालन गरेका थिए । उनि सुरु देखि नै राम्रो ऋणि समेत मनिन्थे पछिल्लो समयमा आफ्नो घरजग्गा घिताे मा राखेर उनलेे साेही बैक बाट २ कराेड ३० लाख रुपैयाँ व्यपारी प्रयाेजन का लागि माग गरेका थिए । एक महिना अगाडि देखि कृषि बिकास बैक ले ऋण दिने आश्वासन दिएपछि उनले कागजी प्रकृया मा १ देखि डेढ लाख रुपैयाँ सम्म खर्च गरि सकेको र असाेज १३ गते उनलेे बैक मा सबै डकुमेन्ट समेत बुझाई सकेका थिए ।
सबै प्रकृया पछि उनलाई असाेज १३ गते कार्यालय प्रमुख शम्भु साह ले साे जग्गामा लगानी गर्ने सकिने तर १ लाख देखि २ लाख रुपैयाँ रकम दिए मात्रै ऋण स्विकृत गरिदिने भने पछि उनलेे कुनै रकम नदिने भनेपछि साे कुरा बाहिर आएकाे हाे । कृषि विकास बैक का प्रमुख साह ले १० लाख रुपैयाँ ऋण दिदा २० हजार रुपैयाँ , १५ लाख मा २५ हजार रुपैयाँ , ३० लाख मा ५० देखि १ लाख रुपैयाँ सम्म र १ देखि २ करोडकाे १ देखि २ लाख रुपैयाँ सम्म रकम लिने गरेको पिडित बिपिन मण्डल ले बताए । विपिन ट्रेडर्स र अटो लिंक सन्चालक का अनुसार आफुले २ बिघा खेति याेग्य जमिन, घर घडेरी गरि ५ करोड बराबरको सम्पति बैकमा धिताे राखेर ऋणका लागि फायल अघि बढाएका थिए तर बैक ले भने मुल्यांकन कम भएको भन्दै उनलाई ऋण दिन आनाकानी गरेकाे र कार्यलय प्रमुख ले दुई लाख दिए माथिल्लो निकाय सम्म दिनुपर्ने भन्दै आफू संग रकम माग गरेको आराेप समेत लगाएका छन । कार्यालय प्रमुख प्रभु साह लाई टेलिफोन सम्पर्क गर्दा उनलेे भने आफुले कुनै पनी रकम माग नगरेकाे र ऋणि काे मुल्यांकन नपुगेका कारणले ऋण दिन नसकिएको उनलेे बताए । तर २० दिन देखि दिने तयारीमा रहेको कृषि विकास बैक ले अन्त्यमा आएर ऋण नदिदा रकम नदिएकै कारण ले गर्दा ऋणि नदिएकाे बिपिन मंण्डल काे बुझाई रहेको छ ।