![](https://gauriganjdarpan.com/storage/2022/05/received_1363655554144100.jpeg)
![](https://gauriganjdarpan.com/storage/2022/05/received_1186444732173808-1024x472.jpeg)
जेठ ११ गौरीगञ्ज । मँगलबार राति अचानक आगलागि हुँदा गौरीगञ्ज १ कुञ्जीवारीका इन्द्र नारायण राजवँशीको गोठ जलेर नष्ट भएको छ । आगलागि पिडितलाइ रेडक्रस सोसाइटीले बिहिबार बिहान त्रिपाल सहयोग गरेको छ । रेडक्रस सोसाइटीका सहसचिव हरीप्रसाद राजवँशी वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशी लगायतको उपस्थितीमा त्रिपाल प्रदान गरिएको हो ।
मँगलबार राति राजवँशीको गोठमा आगलागि भएपछी स्थानीय तथा सुरक्षाकर्मीहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागिबाट राजवँशीको गोठ पुर्णरुपमा क्षति भएको छ भने रु ५० हजार बरावरको नोक्सान भएको कुरा वडाध्यक्ष कार्तिकलाल राजवँशीले जनाएका छन् ।