माघ १९ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ १ स्थित कुञ्जिबारी बजारका ब्यापारीहरु झापा उद्योग बाणिज्य सँघको गौरीगञ्ज शाखामा आबद्ध हुन इच्छुक देखिएका छन् । स्थानिय तह सँरचना हुनु अघि देखि नै यस बजारका ब्यापारीहरु शिब सताक्षी शाखामा आबद्ध रहदै आएका छन् ।
झापा उद्योग बाणिज्य सँघ गौरीगञ्ज शाखाले आज कुञ्जिबारी बजारमा आयोजना गरेको अन्तरकृयामा स्थानिय ब्यापारीहरु गौरीगञ्ज शाखामा आबद्ध हुन इद्ब्छुक रहेको बताएका छन् । स्थानिय तहको नयाँ सँरचना पछी कुञ्जिबारी बजार गौरीगञ्ज गाउँपालिकाको हिस्सा भएको र शिबसताक्षी शाखा टाँढा पनि भएकाले आफुहरु गौरीगञ्ज शाखामा गाभिन इच्छुक रहेको बताएका थिए ।
वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशीको प्रमुख आतिथ्यता र झापा उद्योग बाणिज्य सँघ गौरीगञ्जका अध्यक्ष मखना महतोको सभापतित्वमा भएको अन्तरकृयामा गौरीगञ्ज शाखाका सदस्य रुपक श्रेष्ठ कार्यालय सचिब रोशन यादब लगायत तिन दर्जन बढी स्थानिय ब्यापारीहरुको उपस्थिती रहेको थियो । स्थानिय ब्यापारीहरुले आफ्ना ब्यावशायीक समस्याहरु सुनाएका थिए भने अध्यक्ष महतोले समस्याहरु सुनेपछी कर कार्यालय नापतौल कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय सँग समन्वय गरि कुञ्जिबारीमा समस्या सँबन्धित अन्तरकृया तथा तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।