असोज ११, गौरीगञ्ज । झापाको गौरीगञ्ज वडा नँ २ र ३ को सीमाको रुपमा रहेको किस्नी खोलामा पुरुषको शव फेला परेको छ । मृतक पुरुष वडा नँ २ का स्थानिय ५२ वर्षिय बलबहादुर दरालको रहेको कुरा उनका परिवारले पुष्टि गरेका छन् ।
किस्नी खोलाको निर्माणाधीन पुलको दक्षिण पट्टी पुर्बि किनारा तर्फ उनको शब घोप्टो परेको अवस्थामा फेला परेको कुरा प्रहरीले जनाएको छ । बिहान खोलामा माछा मार्न गएका स्थानीय हरुले खोलामा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक दराल ठेकिटोलको एक माछा फारमका कामदार रहेको बुझिएको छ ।
शबको मुचुल्का उठाएर पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।