किरात राई यायोक्खा द्वारा गौरीगञ्जका नवनिर्वाचित जनप्रतिनिधि हरुलाई सम्मान

पढ्न समय: 1 मिनेट


जेठ १९, गौरीगञ्ज । किरात राई यायोक्खा गौरीगञ्जले गौरीगञजका नवनिर्वाचित जनप्रतिनिधि हरुलाई सम्मान गरेको छ । साकेला सिली प्रदर्शन कार्यक्रम का बिच गौरीगञ्जका नवनिर्वाचित अध्यक्ष फुलवती राजवंशी सहित वडा नं ३ का वडाध्यक्ष श्रवण गिरी,वडा सदस्यहरु शुसिल राई, गँगा राजवंशी शर्मिला राई राजवँशी र मिना पासवान लाई सम्मान गरिएको हो ।
गौरीगञ्ज गाउँपालिका का अध्यक्ष फुलवती राजवंशी को प्रमुख आतिथ्यतामा उभौली पर्वको उपलक्षमा गौरीगञ्ज ३ तेलकानी स्थित साकेला थान मा भएको साकेला सिली प्रदर्शन कार्यक्रम मा किरात राई यायोक्खा कार्य समिति झापाका अध्यक्ष इन्द्र मान राई, उपाध्यक्ष उद्वब राई कोषाध्यक्ष किसान राई लगायतको उपस्थिति रहेको थियो ।

मनिका राईको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रवण गिरी ले साकेला थान सम्म आउने बाटो को ब्यवस्था नभएकाले यहि बर्ष बाटोको व्यवस्था गरि साकेला थान अगाडी गहिरो भागमा माटो पुर्ने काम वडा कार्यालय मार्फत गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसैगरि प्रमुख आतिथ्यताको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष फुलवती राजवंशी ले साकेला थान निर्माण मा गाउँपालिका ले बिशेष पहल गर्ने बताएकाछन् ।

- Advertisement -
Ad image

वडा सदस्य हरु गँगा राजवंशी शर्मिला राई राजवँशी तथा किराया झापाका अध्यक्ष इन्द्र मान राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्