
झगेन्द्र खड्का ।
गौरादह/गौरादह नगरपालिकाकाे काेहवरा देखि बैगुन्धुरा जाेड्ने सडक कालाेपत्र गर्न सडक बिस्तार गर्ने कार्य सुरु भएपनि बर्षादले अवराेध गरेकाे छ। गौरादह नगरपालिका वडा नं -६ काे काेहवरा देखि गौरादह नगरपालिका वडा नं -९ काे बैगुन्धुरा सम्म ८ किलाे मिटर सडक कालाेपत्र हुन लागेकाे हाे। सडक बिस्तार सहित कालाेपत्र गर्न धन्दा गहिल कन्ट्रक्सन प्रालि सप्तरीले भ्याट सहित ८ कराेडमा ठेक्का लिएकाे छ।सडक बिभागबाट गत चैत महिनामा ठेक्काकाे जिम्मा पाएपनि यही असारमा निर्माण सम्पन्न गर्नु पर्ने ठेकेदार अरुण कुमार यादबले बताए।करिब -३ महिनाकाे समय मात्र रहेकाे र बर्षादले समेत छाेपि सकेकाले पानी पर्दा काम गर्न समस्या भएकाे ठेकेदारले बताए।सडकमा माटाे भर्नु पर्ने भएकाले माटाे ल्याउन र मिलाउन र गाडी चलाउन बर्षाले बाधा पुर्याएकाे उनकाे भनाइ छ।काेहवराबाट ग्वालडुब्बा सम्म ३ कि.मि. सडक १० मिटर चौडा र अन्य बाँकी ५ कि.मि. सडक ७.५ मिटर चौडा कालाेपत्र गरिने जनाइएको छ। सडक निर्माण कार्यमा निरंतर गर्दा अहिले सम्म माटाे भर्ने कार्य सम्पन्न भएकाे र करिब १५ सय मिटर ग्राभेल गरिएकाे ठेकेदारले बताए। सडक निर्माण गर्ने कार्य ३ महिनाकाे छाेटाे समय अवधि भएकाे र त्यही समयमा वर्षादकाे महिना परेकाले ताेकिएकाे समय भित्र निर्माण सम्पन्न गर्ने संभावना नभएकाे ठेकेदारकाे भनाइ छ।सम्बन्धित निकायबाट ६ महिना समय थप भएमा सहज रुपमा सडक निर्माण सम्पन्न गरिने उनले बताए।बैगुन्धुरा काेहवरा सडक निर्माण कार्य सम्पन्न भएमा आवतजावतमा सहज हुने स्थानीयकाे भनाइ छ। यश सडकले काेहवराका साथै ग्वालडुब्बा र बैगुन्धुरा बजारलाई जाेड्ने महत्वपुर्ण सडक भएकाले कालाेपत्र पहिलेनै हुनुपर्ने थियाे। ढिलै भएपनि कालाेपत्रकाे काम सुरु भएकाेमा गौरादह -७ ग्वालडुब्बाका नारायण शर्माले खुसी ब्याक्त गरे।