झापा । गौरीगञ्ज गाउँपालिका वडा नँ ३ का वडाध्यक्ष ले कार्यकर्ता खुशी पार्न कृषक अनुदान को मोटर एकै परिवारमा सगोलमै भएका श्रीमान – श्रीमती लाई नै बितरण गरेको रहस्य बाहिरिएको छ ।

वडा नँ ३ का वडाध्यक्ष मखना महतोले वडा नँ ३ ठेकिटोलका बाबुलाल सरबरिया र मेनुका कुमारी सरबरिया लाई पानी तान्ने अनुदानको मोटर बितरण गरेको हो । गत साउनको पहिलो साता वडा नँ ३ को कार्यालय ले कृषक लक्षित कार्यक्रम अन्तर्गत वडा भरिका कृषकहरुलाई लक्षित गरि २४ बटा मोटर बितरण गरेको थियो । वडाध्यक्ष ले आफ्ना खास कार्यकर्ता लाई दुइ दुइ वटा मोटर दिएको भन्ने गुनासो स्थानिय हरु बाट आएपछि गौरीगञ्ज दर्पण डटकम ले गौरीगञ्ज गाउँपालिकामा निबेदन दर्ता गरि सो आयोजनाको कागजात माग गरेको थियो ।

गौरीगञ्ज गाउँपालिका ले उपलब्ध गराएको मोटर बितरण को भर्पाईमा बाबुलाल सरबरियाया र मेनुका कुमारी सरबरिया ले एउटै मितिमा भर्पाईम हस्ताक्षर गरि छुट्टाछुट्टै दुइ वटा मोटर बुझेको देखिएको छ । बाबुलाल सरबरिया र मेनुका कुमारी सरबरिया श्रीमान श्रीमती हुन् र उनिहरु सँगै सगोलमा रहेको कुरा उनका निकट छिमेकी हरुले जनाएका छन् । उनिहरुको परिवारमा कोहि पनि नछुट्टिएको र उनका छोराहरुको आफ्नै हार्डवेयर पसल रहेको छ । वडा भित्र सयौ विपन्न कृषकहरु ले अनुदानको मोटर नपाइरहेको बेला वडाध्यक्ष ले कार्यकर्ता खुशि पार्न हुनेखाने बर्गमा गनिने एउटै परिवारमा दुइदुइ वटा मोटर बितरण गरेका हुन् ।

भर्पाइ

वडा कार्यालय ले असार २५ गतेको मितीमा भर्पाइ तयार गरेपनि सो मोटर हरु साउनको पहिलो साता बितरण गरिएको थियो । वडाध्यक्ष को कर्तुत बाहिरिने डरले वडाध्यक्ष महतोले आफ्ना निकटका पत्रकार हरुलाइ मात्र खबर गरि सो मोटर हरु बितरण गरेका थिए ।

( प्रमाण स्वरुप यस सम्बन्धि सम्पुर्ण प्रमाणित कागजातहरु गौरीगञ्ज दर्पण डटकम सँग सुरक्षित छ )