मँसिर ४, गौरीगञ्ज । नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ४ क को उप सभापतिमा गोपाल चन्द्र राजवंशी विजयी भएका छन्। उनि सँगै सोहि पदका लागि विष्णु बहादुर सुब्बा निर्वाचित भएका छन् । सभापति पदका लागि यस अघि नै बिनोद ढकाल सर्वसम्मत बाट छनौट भइसकेका छन् । राजवँशीले २४९ मत र सुब्बा ले २०० मत प्राप्त गरि बिजयी भएका हुन् । उनिहरुका निकटतम प्रतिद्वन्द्वी दिपक कुमार न्यौपाने ले १४९ मत पाएका थिए ।‌ राजवँशी गौरीगञ्ज वडा नँ १ निवासी हुन् ।
त्यसैगरी प्रदेश प्रतिनिधि तर्फ अधिकचन ताजपुरिया, दिनेश्वर राजवँशी, देउप्रकाश लिम्बु, भुपेन्द्र ढुँगाना, महेश्वर दुलाल, मिलन कुमार ढुँगाना र यामनाथ काफ्ले बिजयी भएका छन् ।