• अशोज ११, २०७८
  • Madan Rajbanshi
  • 0

असोज ११ गौरीगञ्ज । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत झापाका १५ वटै पालिका हरुमा अधिवेशन सम्पन्न भएको छ । १५ पालिका मध्ये ४ वटा मा सर्वसम्मत बाट र ११ वटा पालिका हरुमा निर्वाचन प्रणालि बाट सभापति चयन भएको छ । प्राप्त जानकारी अनुसार कचनकबल, हल्दीबारी, झापा र बुद्धशान्ती मा सर्वसम्मत बाट अधिबेसन सम्पन्न भएको छ । कचनकवल गाउँपालिकाको सभापतिमा तुलाराम अधिकारी चयन भएका छन् भने हल्दिबारी गाउँपालिकामा सभापति पदका लागि गंगा प्रसाई चयन भएका छन् । ​त्यसैगरि झापा गाउँपालिकामा सागिरथ गणेश सभापतिमा चयन भएका छन् भने बुद्ध शान्ति गाउँपालिकामा चक्र शेर्मा चयन भएका छन् ।

गौरीगञ्ज दर्पण डटकम लाई प्राप्त भएको अन्तिम नतिजा अनुसार कन्काई नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद प्रसाई निर्वाचित भएका छन् । यस्तै मेची नगरपालिकामा सुदय पनेरु निर्वाचित भएका छन् ।

यस्तै, बिर्तामोड नगरपालिकामा भोजराज सिटौला निर्वाचित भएका छन् भने । कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने र खगेन भण्डारी ले बराबर सभापतिमत ल्याएपछी गोलाप्रथा द्वारा सभापति चयन गरिएकोछ । गोलाप्रथा बाट बुद्धिराज न्यौपाने चुनिएका छन् । दमक नगरपालिकामा प्रकाश प्रसाई निर्वाचित भएका छन्।

अर्जुनधारा नगरपालिकामा हेमराज खरेल सभापतिमा निर्वाचित भएका छन् भने भद्रपुर नगरपालिका सभापतिमा राम बहादुर कँडेल निर्वाचित भएका छन् । त्यसैगरी गौरादह नगरपालिकामा यादव राज सेढाई निर्वाचित भएका छन्।

शिव सताक्षी नगरपालिकामा अशोक बस्नेत निर्वाचित भएका छन् भने गौरीगंज गाउँपालिका समितिको सभापतिमा अधनु प्रसाद राजवंशी निर्वाचित भएका छन् भने बाह्र दशी गाउँपालिकामा इन्दु बस्नेत चयन भएका छन्।
निर्वाचित अधिकाँश सभापतिहरु महामन्त्री कृष्ण प्रसाद सिटौला खेमाको रहेको बुझिएको छ ।