काँग्रेसको समानुपातिक साँसद सुचीमा गौरीगञ्जका युवा नेता अग्रवालको नाम सिफारिस

पढ्न समय: 2 मिनेट

आगामी फागुन २१ मा हुन लागेको निर्वाचनका लागि समानुपातिक साँसदको उम्मेदवार तर्फ नेपाली काँग्रेसबाट गौरीगञ्जका युवा नेता निरज अग्रवालको नाम सिफारिस भएको छ । अग्रवालसँगै साँसदको समानुपातिक उम्मेदवार तर्फझापा क्षेत्र नम्बर ५ का सुरेश सुब्बा , महिन्द्राकुमारी लिम्बू , भूमिराज राई , दिलिप राई , सत्यनारायण चौधरी , चन्द्रा खड्का भट्टराई , कृष्ण धिमाल , रोहित शाह , अम्बर बराईली , भीममाया उप्रेती भुजेल, मेनुका बुढाथोकी र रामकुमारी पौडेल गरी १३ जनाको नाम समानुपातिक सुचिमा सिफारिस गरिएको कुरा जिल्ला सदस्य दिपक गर्तौला ले जनाएका छन् ।‌
त्यस्तै झापा ५ बाट प्रत्यक्ष तर्फ नेपाली कांग्रेसले अइन्द्रविक्रम केरुङ , पदमबहादुर पौडेल , मन्दरा पौडेल चिमरिया , देवीप्रसाद दाहाल , मेदनीप्रसाद सिटौला , ,सिरम कार्की र खगेन्द्रप्रसाद पाण्डव अधिकारी गरी ७ जनाको नाम पठाएको छ ।

उता झापा क्षेत्र नं –१ ले प्रत्यक्षतर्फ विश्वप्रकाश शर्माको एकल नाम सर्वसम्मतले पठाएको छ भने समानुपातिकतर्फ नारायण गिरी, राम कट्टेल, खड्गबहादुर धिमाल, गोमा भट्टराई , शोभा नेम्बाङ र राधा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको छ।
त्यस्तै नेपाली कांग्रेस झापा क्षेत्र नं –४ ले प्रत्यक्षतर्फ जिल्ला सभापति देउकुमार थेबे , उत्तम चम्लागाई र धनमाया चिमरियाको नाम पठाएको छ । त्यस्तै समानुपातिकतर्फ सन्तोष मेन्याङ्वो , टंकबहादुर विक , सुन्दर बेस्रा , सूर्यनारायण ताजपुरिया र मथुरा श्रेष्ठ गरी ४ जनाको नाम पठाइएको क्षेत्रीय सभापति जयनारायण शाहले बताए ।
झापा क्षेत्र नं २ र ३ ले आज बेलुकी नाम सिफारिस गर्ने जनाएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्