चैत २९, गौरीगञ्ज । आगामी स्थानीय तहको चुनाव लाई मध्य नजर गरेर नेपाली काँग्रेस ले केन्द्रीय युवा प्रचार नेटवर्कमा गौरीगञ्जका दुई युवालाई मनोनित गरेको छ । पार्टीको केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठन भएको ‘नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ मा गौरीगञ्जका निरज अग्रवाल र प्रमोद राजवँशी मनोनित भएका हुन् ।

बिज्ञप्ति
बिज्ञप्ति


नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिको २०७८ चैत्र २२ गतेको बैठकको निर्णय अनुसार समितिका संयोजक डा. प्रकाशशरण महतले पार्टीका केन्द्रीय सदस्य श्री गोविन्द भट्टराईको संयोजकत्वमा गठन भएको ‘नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ गौरीगञ्जका दुई सहित थप ६६ जनालाई मनोनित गरेको कुरा पार्टी ले एक बिज्ञप्ति जारी गर्दै जनाएको छ ‌ ।