असोज ६ , गौरीगञ्ज ।‌ नेपाली काँग्रेसको नवगठित वडा कमिटी ले कन्काइ नदिबाट बिस्थापित परिवार हरुलाई राहत बितरण गरेको छ । गौरीगञ्ज वडा नँ १ को नवगठित वडा कमिटी ले कन्काइ नदी को बाढिबाट बिस्थापित वडा नँ १ का २२ परिवार लाई राहत बितरण गरेको हो ।


भदौको अन्तिम साता कन्काइ नदिले देबिगाडा पुर्व करिब १ सय मिटर बाध कटान गरि पानीको भगालो गाउँ तिर पसेको थियो । नदिको पानी गाउँतिर पस्दा ४ परिवार पुर्ण रुपले बिस्थापित भएका थिए भने झण्डै डेढ दर्जन परिवार को घरमा क्षति पुर्याएको थियो ।

वडा नँ १ का वडा सभापति बिनोद राजवँशीको नेतृत्व मा पुगेको राहत टोलिले पुर्ण बिस्थापित चार परिवार लाई प्रतिपरिवार २५ किलो चामल, २ किलो दाल १ किलो नुन र १ लिटर खाने तेलका दरले र सामान्य बिस्थापित परिवार लाइ प्रति परिवार १५ किलो चामल २ किलो दाल, १ किलो नुन र १ लिटर तेलका दरले वितरण गरेको कुरा वडाका नव निर्वाचित उपसभापति देवीलाल राजवंशी ले जनाएका छन् ।
राहत टोलिले केहि दिन अघि दुर्घटनामा परि हातका तिन वटा औला गुमाएका कृयाशील सदस्य नुनिया राजवँशीलाई रु १० हजार र अपाङ्गता भएका जेष्ठ नागरिक सीयाराम महतोलाई रु ६ हजार ५ सय आर्थिक सहयोग गरेका छन् ।


राहत बितरण टोलिमा वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवंशी, कन्काई नहर सिँचाईका सदस्य गोपाल चन्द्र सिँह राजवंशी, शिवसताक्षी का काँग्रेस नगर सभापति पर्शुराम ढुँगाना, गौरादह ९ का महासमिति सदस्य किरण भट्टराई, वायोबृद्ध कृयाशील सदस्य बहादुर महतो, लगायत नव गठित वडा कमिटीका पदाधिकारी हरु क्षेत्रिय प्रतिनिधि हरु को उपस्थिति रहेको थियो ।