असोज ११, गौरीगञ्ज । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गौरीगञ्ह गाउँपालिकामा नेपाली काँग्रेस पार्टीको गाउँपालिका सचिव पदका लागि शिक्षा ऐन विपरित दुइ जना वहालवाला प्रधानाध्यापक हरु निर्वाचित भएका छन् । गौरीगञ्ज आधारभुत प्राविका प्रधानाध्यापक हरिलाल यादव र आधारभुत जनकल्याण प्राविका प्रधानाध्यापक गोपाल प्रसाद ताजपुरिया ले पार्टीको सचिव पदका लागि उम्मेदवारी दर्ता गराइ निर्वाचित भएका हुन् । ।
शिक्षा ऐन र नियमावली विपरित बहालवाला प्रधानाध्यापक हरुले शनिबार उम्मेदवारी दर्ता गराएपछि पार्टी कै प्रतिद्वन्दी हरुले उम्मेदवारी दर्ता उपर दाबी बिरोध को उजुरी दर्ता गराएका थिए । तर पार्टी बिधानमा प्रधानाध्यापक ले उम्मेद्वार हुन नपाउने कुनै नियम नरहेकाले उम्मेदवारी सदर गरिदिएको कुरा निर्वाचन अधिकृत गोविन्द घिमिरे ले बताएका थिए ।
आईतबार भएको पार्टी निर्वाचनमा हरिलाल यादव ७७ मतले र गोपालप्रसाद ताजपुरिया ७४ मतले निर्वाचित भएका थिए ।
शिक्षा ऐन २०५८ को दफा १६ को उपदफा ५ को नियम छ मा सामुदायिक विद्यालय का शिक्षक कर्मचारी हरु कुनैपनि राजनैतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षक वा कर्मचारी लाई पदबाट हटाइने व्यवस्था गरिएको छ ।
शिक्षक जस्तो गरिमाय पदमा आसिन बहालवाल शिक्षकले सक्रिय राजनीतिमा भाग लिन नपाउने शिक्षा ऐन, २०२८ संसोधन सहित को दफा १६ उपदफा ५ को छ’ मा उल्लेखित व्यवस्थाशिक्षा ऐन २०२८ को दफा १६ हुँदा हुँदै सो ऐनको उलंघन गरी गौरीगञ्जका दुइ जना वहालवाला प्रधानाध्यापक हरु पार्टी को सचिव पदका लागि चुनाबमा होमिएका थिए । ऐन तथा नियमावलीमा भएका व्यवस्था पालना नगर्ने शिक्षकलाई शिक्षा नियमाली, २०५९ संसोधन सहितको परिच्छेद २३ नियम १३८ को उपनियम (१) बमोजिम कारवाही हुने व्यवस्था छ ।
काँग्रेसको १४ औ महाधिवेशन मा गौरीगञ्जका विभिन्न सामुदायिक विद्यालय हरुबाट करिब आधा दर्जन शिक्षक हरु पार्टी को कार्यकारिणी समितिमा निर्वाचित भएका छन् ।
पार्टी को बिधान भन्दा शिक्षा ऐन र नियमावली ठुलो हो । देशको ऐन र नियमावली विपरित राजनीतिक दलका कार्यकारिणी पदमा निर्वाचित भएका शिक्षक कर्मचारी हरुलाई शिक्षा समिति गौरीगञ्ज वा जिल्ला शिक्षा समन्वय ईकाई झापाले कार्वाहि गर्ला ? या उनिहरु शिक्षक कर्मचारी पदबाट स्वत राजिनामा देलान ? यो त हेर्न बाँकी नै छ ।