करोडौ रकम हिनामिना गरेर भागेका गौरादहका सोम बिश्वकर्मा पक्राउ

पढ्न समय: 1 मिनेट

साउन ४, गौरीगञ्ज । करोडौं रकम ठगी गरेर भागेका गौरादह १ का सुनचाँदी व्यवसायी सोम विश्वकर्मा पक्राउ परेका छन् । यद्यपि उनको पक्राउको बारेमा यो रिपोर्ट तयार पार्दासम्म प्रहरीले आधिकारिक जानकारी दिएको छैन ।‌

केहि समय अघि उनि गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको मेसेन्जरमा आफ्नो आथिक ब्यवहार बिग्रिएको कारण आफुले घर छोड्नु परेको आसय ब्यक्त सहित खोजतलास नगर्नुहोला भन्ने सन्देश पठाएर उनि बेपत्ता भएका थिए ।‌

- Advertisement -
Ad image

गौरादहका ४६६ जनाको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर उनी फरार भएका थिए । उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितहरुले उजुरी दिएका छन् । उनि अहिले झापा प्रहरी को नियन्त्रणमा रहेको श्रोतले बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्