भदौ ५, गौरीगञ्ज । गौरीगञ् वडा नँ १ को रँगियाथान गाउँ नजिकै कन्काई नदी को बाँध फुट्न तर्फ उन्मुख भएको छ । केहिदिन देखिको अत्याधिक बर्षाका कारण नदिमा पानीको सतह र बहाब बढ्न गई वडा नँ १ ( साबिकको महाभारा ९ रँगोयाथान) छेउमा पुरानो बाध आधा भन्दा बढि भाग कटान भएको हो ।
स्थानिय हरुले गौरीगञ्ज दर्पण डटकम लाई दिएको जानकारी अनुसार रँगियाथान गाउँमा स्थानिय सत्यनारायण राजवंशी को घरदेखि पुर्ब तर्फ कन्काई नदिको पुरानो बाध भत्किने अवस्थामा पुगेको हो । अब एक दुइ घन्टा अझ पानी परे बाँध भत्किने र नदि गाउँ तिर पस्ने सक्ने कुरा उनिहरुले बताएका छन् ।
बाँध भत्किएर खोला बस्ति तिर पसे रँगियाथान, देबिगाडा, चौरी, बिर्खे बस्ति, टुनु बस्ति लगायत आधादर्जन गाउँ डुबानमा पर्ने कुरा वडाध्यक्ष कार्तिक लाल राजवंशी ले बताएका छन् । बाधँ आधाभन्दा धेरै कटान भइ सकेकोले खोला गाउँ तिर पस्ने जोखिम बढ्दै गएको छ । हामी तत्कालै रोकथाम गर्ने उपायमा छौँ । सकभर आजै बाँस काटेर बाँसको तटबन्ध निर्माण मा जुट्नेछौ – वडाध्यक्ष राजबँशीले भने ।
साबिकको बाँध पुरानो भइ सकेको र जनताको तटबन्ध कार्यक्रम अन्तर्गत नयाँ बाध निर्माण को ठेक्का लागे पनि समयमै काम नथालेकाले मानब बस्ती जोखिममा परेको गुनासो स्थानिय हरुको छ ।