भदौ १२, गौरीगञ्ज । केहि दिन देखिको लगातार वर्षातका कारण कन्काई नदी को बाँध भत्किएको छ । गौरीगञ्ज वडा नँ १ स्थित रँगियाथान देखि पुर्व कन्काई को बाध भत्किएर धान खेत हरु कटान गर्न शुरु भएको कुरा स्थानिय हरुले बताएका छन् । नदिले गौरीगञ्ज तर्फ करिब १ सय मिटर जति बाँध भत्काएको कुरा उनिहरुले गौरीगञ्ज दर्पण डटकम लाई बताएका छन् ।‌

बाँध कटान गरि खोला बस्ति तिर पस्ने क्रममा छ – वडानँ १ का वडाध्यक्ष कार्तिक लाल राजवंशी ले बताए । उनका अनुसार अहिले खोलाले धान खेत कटान गरिरहेको र अब दुई घण्टा पानी परे पानी को सतह गाउँसम्म आइपुग्ने सँभावना रहेको छ । कन्काई ले बाँध फुटाए पछी रँगियाथान, बिर्खे बस्ति लगायत आधा दर्जन गाउँ जोखिममा परेको कुरा वडाध्यक्ष राजवँशीले बताएका छन् ।
हेर्नुहोस फोटो फिचर –