
रबिन्द्र बराल । जेठ ३० रँगेली ।
माेरङकाे सुनवर्सि नगरपालिका ८ सिक्टी स्थित विश्वकर्मा काे कुडेली सडक खण्ड बाट कछुवा सहित ४ जना पक्राउ परेका छन । सिक्टि प्रहरी ले चेकजाँच गर्ने क्रममा काे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १० प ५६२ नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा ८ केजी कछुवा सहित ४ जना पक्राउ परेका छन। पथरीशनिश्चरे नगरपालिका १ वस्ने वर्ष ४३ को जिवन गुरुङ , सुनवर्षी नगरपालिका १ केचना शुक्रवारे वस्ने वर्ष २५ को दिपक भन्ने मेघराज थापा रहेका छन । उनी हरु संगै आउने को २३ प ५९३१ नम्वरको मोटरसाईकल चालक वर्ष २१ निरज खडका र आकाश रायमाझी समेत लाई प्रहरीले पक्राउ गरेको छ । उनिहरु काे साथ बाट आकाश रायमाझी जिवन गरुङ, हेम भक्त गुरुङ, रिना गुरुङ, सरस्वती गुरुङ, डिल्ली बहादुर थापा र अल्फारु खातुन काे सक्कल नेपाली नागरिकता समेत फेला परेको प्रहरीले जनाएको छ । उनिहरुलाई रंगेली मा रहेको सव डिभिजन वन कार्यालय मा मोरङमा कार्यरत सहायक वन अधिकृत नरेन्द्र प्रसाद गुरागाईलाई कछुवा सहित जिम्मा लगाएकाे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।