भदौ १२, गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका ले कक्षा १२ को परीक्षा मा सहभागि हुन गइरहेका आफ्ना पालिका भित्र का बिद्यार्थीहरुलाई कोभिड बिरुद्ध को खोप लगाइदिने भएको छ । भोलि आईतबार १० बजेदेखि प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछी र महाभारा स्वास्थ्य चौकी मा कक्षा १२ का बिद्यार्थीहरुलाई खोप दिन लागिएको हो ।
कोभिड १९ बिरुद्ध को खोप लिन यस पटक कक्षा १२ को परीक्षा मा सहभागि हुन गईरहेका विद्यार्थी हरुले परीक्षाको प्रवेश पत्र र जन्ममिति खुल्ने कागजात अनिबार्य रुपमा बोकेर आउनुपर्ने कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । खोप लगाउने बिद्यार्थी को उमेर अनिवार्य रुपमा १८ बर्ष पुगेकै हुनु पर्ने भएकाले जन्ममिति खुल्ने कागजात अनिबार्य गरिएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्र बताएका छन् ।
गौरीगँजको जुनसुकै बिद्यालय वा कलेजमा अध्ययनरत भएपनि कक्षा १२ को परीक्षा मा सहभागि हुन गइरहेका गौरीगञ्ज गाउँपालिका भित्र का बिद्यार्थी हरुले आफुलाई पायक पर्ने केन्द्र आईतबार बिहान १० देखि दिउसो ३ बजेसम्म गएर खोप लिन सक्ने कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ ।