साउन २५, गौरीगञ्ज । सामाजिक सँस्था एसएनजेडीले गौरीगञ्ज गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सँस्थाले सोमबार गाउँपालिका लाई ६ हजार थान सर्जिकल मास्क, ५० थान सेनिटाइजर, २ सय थान ग्लब्स, र ३५ थान पिपिइ सेट हस्तान्तरण गरेको हो ।

लुथरन वर्ल्ड फेडेरेसन नेपालको सहयोगमा Covid-19 Emergency Response for Nepal परियोजना अस्तंगत न्याय तथा विकासका लागि सामाजिक संजाल (Social Network for Justice & Development SN-JD) द्वारा कोरोना भाइरस (COVID 19 ) संक्रमणको रोकथामका लागि अग्रपंक्तिमा कार्यरत स्वास्थकर्मी, सुरक्षा निकाय, समुदायमा आधारित संस्था, सहकारी, महिला अधिकारकर्मीहरुका लागि गौरीगंज गाउ पालिकालाई उक्त सामग्री हरु हस्तान्तरण गरिएको हो ।

सँस्थाको तर्फ बाट अध्यक्ष सोमनाथ भट्टराई, कार्यक्रम सँयोजक कुमार चुँडाल, र एलडब्लुएफ प्रतिनिधि सपना प्रधानले सो स्वास्थ्य सामग्री हरु हस्तान्तरण गरेका थिए भने गाउँपालिका का तर्फबाट पालिका प्रमुख बाबुराजा श्रेष्ठ र स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र ले सो सामग्री बुझिलिएका थिए ।

सामग्री बुझिलिए लगतै गाउँपालिका ले ईलाका प्रहरी गौरीगञ्जलाई १ हजार थान मास्क र १० थान सेनिटाइजर र सशस्त्र प्रहरी लाई ७ सय थान मास्क र ७ थान सेनिटाइजर हस्तान्तरण गरेका थिए ।