साउन, २३ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण भौतिक उपस्थिति मा नियमित परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएकाे हाे ।

बोर्डका अनुसार एसईई नतिजा विभिन्न वेबसाइट, एसएमएस मार्फत हेर्न सकिनेछ । एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने छ ।

जसअन्तर्गत नेपाल टेलिकम र एनसेलको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । यस्तै, इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउन सकिने सुविधा दिएको छ ।

यस बाहेक www.see.gov.np,
www.n eb.gov.np,
www.theconn ectplus.com,
www.see.e dusanjal.com,
www.see.ntc.net.np
www.ekantipur.com,
www.ricell.axiata.com मा समेत लगअन गरेर नतिजा हेर्न सकिन्छ ।