फागुन १५, बिर्तामोड । संसदबाट एमसीसी पारित गर्नेका विरुद्ध विप्लव नेकपासहित ६ पार्टीले फागुन १६ गते (भोली) नेपाल बन्दको घोषणा गरेका छन् ।

संसदबाट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीलाई संसदबाट पारित गर्ने सहमति गरेपछि नेपालबन्दको घोषणा गरिएको हो ।

विप्लव नेकपासहित ६ पार्टीले एमसीसीका विरुद्ध निरन्तर आन्दोलन गर्दै आएका छन् । ५ दल र २ मोर्चा रहेको सो गठबन्धनले आन्दोलनको विज्ञप्ति सार्वजनिक गर्दै बन्दको घोषणा गरेका छन् ।