असार३०, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनपछि मुल्य घटाइएको हो । निगम सञ्चालक समितिको निर्णय बमोजिम बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टतिेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।
अनेरास्ववियु क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौं ले मूल्यवृद्धि विरुद्ध आन्दोलन गर्दै आएका छन् ।