एकाबिहानै भुकम्पको झट्का : चीनमा ७.१ मा म्याग्निच्यूट मापन

पढ्न समय: 1 मिनेट

पुस २३, गौरीगञ्ज । पुर्बि नेपाल लगायत देशका अधिकांश भुभागमा आज भुकम्पको धक्का महशुस गरिएको छ । मँगलबार बिहान ६ बजेर ५२ मिनेटमा भुकम्प महसुस गरिरहेको हो ।
नेपाल सहित चीन, भुटान भारत र बँगलादेशका केहि भुभागमा समेत महसुस गरिरहेको खबरहरु आइरहेका छन् । चिनमा बिहान ६ बजेर ५० मिनेटमा ७.१ म्याग्नेच्युडको भूकम्प आएको मापन गरिएको कुरा चिनका सञ्चार माध्यमहरुले जनाएका छन् । चीनको तिवेट नजिकै सिगात्सेदेखि २३ किलोमिटर नजिकै भूकम्प गएको बताइएको छ । यसैको धक्का नेपाल लगायतका क्षेत्रमा महसुस गरिरहेको अनुमान गरिएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्