बैशाख १८ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नँ ३ का निवर्तमान वडाध्यक्ष तथा अहिलेका उपाध्यक्ष पदका उम्मेद्वार मखना महतोले सडकमा झगडा गरेको भिडियो अहिले फेरी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उनि वडा नँ ३ को वडाध्यक्ष रहेका बेला गत वर्ष बैशाखमा हुलाकी सडक को रुपरेखा बिगारेको बिषयमा रिपोर्टिङ गर्ने पत्रकार मदन राजवँशी मनप्रीत सँग सडकमै उभिएर गालि गलैजमा उत्रिएका थिए भने उनले पत्रकार राजवँशीको क्यामेरा समेत खोस्न खोजेका थिए । गत बर्ष उनले सडकमा उभिएर पत्रकार राजवँशी सँग झगडा गरिरहेको भिडियो सामाजिक सञ्जालमा अपलोड भएपछि निकै भाइरल भएको थियो भने सामाजिक सञ्जालमै वडाध्यक्ष महतोको निकै आलोचना भएको थियो । सामाजिक सञ्जालमा उनको आलोचना हुन थालर्पछि उनले माउन्टेन टेलिभिजनमा कुरा गर्दै हुलाकी सडकलाइ सिधा बनाउने झुठो आश्वासन दिएका थिए ।

आलोचनाबाट बच्न उनले बाँगोटिँगो बनाएको हुलाकी सडक सिधा बनाउने बाचा गरेपनि उनले सो सडक सिधा बनाएनन् बरु गौरीगञ्ज चोक देखि पश्चिम उनको आफ्नै सहोदर दाजु अशोक महतोको घर अगाडी सडक क्षेत्र खाली गराउनुको साटो सडक नै मापदण्ड भन्दा सानो बनाएर आफ्नो दाजुको घर जोगाए ।

गत बर्ष सो भिडियो अपलोड भएको उक हप्तामै तिन मिलियन भ्युज पाएको थियो भने उनि बिबादित छबिका हुदा हुदै पनि नेपाली काँग्रेसले उनलाइ फेरी उपाध्यक्ष पदको उम्मेद्वार बनाए पछि उनको सो भिडियो सामाजिक सञ्जालमा पुन भाइरल भएको छ । उनले उपाध्यक्षको टिकट पाए पश्चात सो भिडियोको भ्युज बढेर ४.२ मिलियन भएको छ भने गए हप्ता देखि दैनिक १५० का हाराहारीमा सो भिडियो सेयर भएरहेको छ ।

यस अधी महतो गौरीगञ्जकै सबै भन्दा बिबादित जनप्रतिनिधि हुनर गौरीगञ्जमा सबै भन्दा पहिले उनकै वडाबाट अनियमितताको शुरुवात भएको थियो । जितेको पहिलो बर्षमै उनको वडामा सोलार बितरणमा अनियमितता भएपछी वडाबासीहरु गाउँपालिका घेर्न पुगेका थिए भने सोहि घटना गौरीगञ्जमा अनियमितताको पहिलो घटना थियो ।

उपाध्यक्ष पदका लागि पार्टी बाट नाम नै सिफारिस नभएका महतोले अन्तिम समयमा एकाएक उपाध्यक्ष को टिकट पाउनुलाई रहस्य को रुपमा हेरिएको छ भने बिबादित छविका महतोले यस पटक उपाध्यक्ष को टिकट पाएपछि त्यसको प्रत्यक्ष असर उनका पार्टी का अध्यक्ष उम्मेदवार फुलवति राजवँशीलाई पर्ने देखिन्छ ।

भिडियो फेसबुकको यो लिँकमा छ

https://m.facebook.com/story.php?story_fbid=1157234018037736&id=444465652647913