रबिन्द्र बराल
जेठ १३ मोरङ । माेरङकाे रंगेली मा रहेको ईलाका प्रहरी कार्यलय र ससस्त्र प्रहरी बेश बिआेपी रंगेली लाई ईशान्त फर्मेसी द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । रंगेली बडा नम्बर ७ शुक्रवारेमा रहेकाे ईशान्त फर्मेसी ले नेपाल मा दाेस्राे लहरकाे काेराेना भाईरस का कारण अग्रपंक्तिमा रहेर देश र जनाता काे शान्ति सुरक्षमा मा २४ घन्टा अहाेरात्र खटिदै आएकाे ईलाका प्रहरी कार्यलय रंगेली लाई ७ हजार थान माक्स, ७० पिस सेनिटाईजर , गेल्वस , फेस-सिलड, र ससस्त्र वेश क्याप बिआेपि रंगेली लाई २५ सय पिस माक्स, सेनिटाईजर र दाेहमना चाेकि लाई समेत १५ सय पिस माक्स र सेनिटाईजर समेत हस्तान्तरण गरिएको थियो । अहिले सिमाक्षेत्रमा खटिरहदा आफुहरु लाई हत्यार ले भन्दा माक्स जरुरी रहेकाे समयमा यसरी सहयोगी मन ले आफु हरु लाई स्वास्थ्य सामाग्री दिएकाे मा निकै लाभान्वित भएको बिआेपि का प्रमुख कमल अधिकारी ले बताए । प्रहरी हरु लाई ७० हजार बराबरको सामाग्री बितरण गरेको र अझै पनि आफू ले अग्रपंक्तिमा रहेर काम गर्दे आएका ब्यक्ति हरु लाई स्वास्थ्य सामाग्री हरु हस्तान्तरण गर्दे जाने ईशान्त फार्मेसी का प्रोप्राइटर अजय कुमार मंण्डल बताए । यसरी ईशान्त फर्मेसि ले स्वास्थ्य सामाग्री उपलब्ध गराएकाे हुनाले आफ्नो युनिटमा कार्यरत प्रहरीलाई समेत काम गर्ने हाैसला प्रदान गरेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए । उनलेे केही दिन अगाडि समेत रंगेली मा रहेको काेविट अस्पताल लाई डेर लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेको थियोे ।