कार्तिक ८, गौरीगञ्ज । सोमबार बिहान १० : ३० बजिसक्दा समेत एक जना महिला कर्मचारी बाहेक कुनै कर्मचारी उपस्थिति थिएन । कार्यालय प्रमुख को कार्य कक्ष अझै खोलिएको थिएन भने बाहिर प्यासेजमा सयौ सेवाग्राही आफ्न काम गराउन फायल बोकेर उभिएका थिए । १० : ४० बज्नै लाग्दा कार्यालय का नायब सुब्बा सुवासजँग बुढाथोकी बल्ल कार्यालय आईपुगे । कर्मचारी पर्खिदा पर्खिदा वाक्क दिक्क भएका स्थानीय युवा निरज अग्रवालले ति कर्मचारी लाई कार्यालय आउने समयको अबगत गराउन खोज्दा ति नायब सुब्बा बुढाथोकी ले तपाई को हो ? भनि उल्टै सेवाग्राही अग्रवाल लाई थर्काउन खोजे ।

यस बिषयमा सेवाग्राही अग्रवालले सामाजिक सञ्जाल फेसबुकमा लाईभ नै गरे । साढे १० बजि सक्दा समेत कर्मचारी कार्यालय आएको खबर पाए लगतै गौरीगञ्ज दर्पण डटकम पनि ईलाका प्रसाशन कार्यालय पुग्यो । गौरीगञ्ज दर्पण डटकम त्यहा पुग्दा समय बिहानको ११ बज्नै लागेको थियो तर पनि कार्यालय प्रमुख को कार्य कक्ष अझै खुलेको थिएन ।
नायब सुब्बा बुढाथोकी ले सेवाग्राही हरु सँग रुखो ब्यवहार गरे पछी सेवाग्राही अग्रवाल सहित अन्य सेवाग्राही हरु नासु बुढाथोकी सँग प्रतिवादमा उत्रिएका थिए । नासु बुढाथोकी ले नियम बिपरित काम गर्ने लगाए म काम नगरि बस्छु भन्दै सेवा ग्राही हरुलाई थर्काई रहेका थिए । तर गौरीगञ्ज दर्पण डटकम ले तपाईलाई कसले के काम नियम बिपरित गर्न लगायो भनेर सोधेपछी बुढाथोकीले जबाफ दिनुको साटो कुर्सी छोडेर भित्र लुक्न गएका थिए ।
११ बजि सक्दा समेत कार्यालय का निमित्त प्रमुख रबिन राजबँशी कार्यालय नआइपुगेपछी गौरीगञ्ज दर्पण डटकम ले उनलाई फोन सम्पर्क गर्न खोज्यो तर दुइ पटक उनको मोवाईल माफोन गर्दा समेत दुइ पटक नै फोन उठेन । उनको फोन नउठेपछि गौरीगञ्ज दर्पण डटकम ले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनासँग फोन सम्पर्क गरेको थियो । प्रजिअ तिमिल्सिनाले निमित्त प्रमुख को स्वास्थ्य अवस्था मा समस्या आएकोले उनि अस्पताल गएको र केहि बेर पछी कार्यालय पुग्न आफुले उनलाई निर्देशन दिइसकेको तथा केहि बेरमा निमित्त प्रमुख कार्यालय मा उपस्थित हुने आश्वासन दिएका थिए ।
सोमबार मात्र हैन ईलाका प्रसाशन कार्यालयमा गौरीगञ्जमा कार्यालय समयमा कर्मचारी नआउने गरेको र नासु बुढाथोकी ले शुरु देखि नै सेवा ग्राही हरु प्रति रुखो ब्यवहार गर्दै आएको गुनासो सौवा ग्राहि हरुले गरेका छन् ।
केहि बेर पछि ढिलो गरी कार्यालय आईपुगेका कार्यालयका निमित्त प्रमुख रबिन राजवँशीले आफु अस्वस्थ रहेकाले कार्यालय आईपुग्न ढिलो भएको बताएका थिए ।उनले ढिलो गरि कार्यालय आईपुग्ने अन्य कर्मचारी को हकमा बेलुका छलफल चलाउने र सेवाग्राही प्रति रुखो ब्यवहार गर्ने नासु बुढाथोकी को हकमा,समेत छलफल गरि समस्या समाधान गर्ने बताएका छन् ।
निबर्तमान कार्यालय प्रमुख कमल ढुँगेलको सरुवा भएपछि राजवँशीले नै इलाका प्रसाशन कार्यालय गौरीगञ्जको निमित्त प्रमुख को जिम्मेवारी सम्हाल्दै आएका छन् ।
निमित्त प्रमुख राजवँशीले कार्यालय मा प्रमुख कार्यकारी अधिकृत नभएकाले समस्या आईरहेको बताएका छन् । ढुँगेलको सरुवा पछी गौरीगञ्ज कार्यालय मा अधिकृत पठाएको छैन । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले गौरीगञ्ज दर्पण डटकम सँग कुरा गर्दै ईलाका प्रसाशन कार्यालय गौरीगञ्जमा चाँडै अधिकृत पठाउने गरि तयारी भइरहेको बताएका छन् ।