आफ्नो लयमा फर्किदै गौरीगञ्ज

पढ्न समय: 2 मिनेट


आज बुधबार, गौरीगञ्जको साप्ताहिक हाट बजार लाग्ने दिन बजारमा पहिला जस्तै चहल पहल देखियो । बुधबारे हाट पहिला जस्तै मानिसको भिडभाड ले गुल्जार भयो । साग सब्जि, लुगाफाटा, जुताचप्पल तथा मनोहारी पसल असरल्लै फिजाइए – पुराना अबस्था मै । अस्ति को शनिबार पनि वडानँ ६ को शनिबारे बजार मायस्तै भिडभाड थियो ।

कोरोनाको कहर फैलिएसँगै करिब डेढ बर्षदेखि गौरीगञ्जको जनजीवन असामान्य अवस्था बाट गुज्रिरहेको थियो । लकडाउनका कारण कहिले पुर्ण रुपमा त कहिले आँशिक रुपमा बन्द ठप्प हुदै आएको गौरीगञ्ज को जनजीवन कोरोना महामारी मन्थर हुदै गएपछी सामान्य तर्फ उन्मुख हुँदै गएको छ । बजार पसलहरु दिनभरि दिनभरि खुल्न थालेका छन् भने बजारमा चहलपहल पनि निकै बढ्न थालेको छ ।

- Advertisement -
Ad image

गत बर्ष भन्दा यो बर्ष कोरोनाले गौरीगञ्जलाई अलि बढि नै थाला पार्यो । थाहा नपाउदो तरिकाले यस पटक कोरोनाले छ जनालाई टपक्कै टिपेर लग्यो । तर गत बर्ष भन्दा यो बर्ष अलिक बढि लाई नै सँक्रमित पारे पनि जिल्लाका अरु पालिका भन्दा गौरीगञ्ज सबै भन्दा सुरक्षित देखियो । जिल्लाकै आँकडा हेर्ने हो भने पनि यो बर्ष सबै भन्दा कम सँक्रमित गौरीगञ्ज मै देखा परेको हो ।

सँक्रमण दर एकदमै न्युन देखिएपछि शिक्षा समिति ले गत भदौ १ गतेदेखि आलोपालो प्रणालिमा बिद्यालय हरु खोल्ने निर्णय गर्यो । अहिले गौरीगञ्जमा किस्नी खोला पश्चिमका बिद्यालय हरु आलोपालो प्रणाली मै सञ्चालन हुदै आएका छन् भने किस्नी पुर्वका बिद्यालयहरु सामान्य अवस्थामा झै दस देखि चार बजेसम्म पुर्ण रुपमा सञ्चालन हुन थालेका छन् ।

जनजीवन सामान्य तर्फ उन्मुख हुँदै गएपछी बजारको रौनक बढ्दै गएको छ तर स्वास्थ्य विज्ञहरु भने जनजीवन सामान्य तर्फ अघि बढे सँगै गौरीगञ्ज आफ्नै पुरानो लयमा फर्किदै गर्दा मास्क लगायतका स्वास्थ्य सुरक्षा का मापदण्डहरु अनिवार्य रूपमा पालन गर्नुपर्ने कुरा बताइरहेका छन् । स्वास्थ्य सुरक्षा का मापदण्डहरु मा हेलचेक्राइँ गरे पुन: जोखिम देखिन सक्ने उनिहरुको भनाई छ ‌ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्