आन्तरिक मुल्यांकन को आधारमा एसईई नतिजा सार्वजनिक गर्ने निर्णय

जेठ १८ काठमाडौं । यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । कानुनीमन्त्री लीलानाथ श्रेष्ठले आन्तरिक मुल्यांकन बाटै नतिजा सार्वजनिक गर्ने निर्णय भएको जनाएकाछन् ।

निर्णय अनुसार विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ र सोहि प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारी सार्वजनिक गर्नेछ ।

गत वर्षपनि कोरोना महामारीका कारण आन्तरिक मूल्यांकनबाटै एसईई नतिजा सार्वजनिक गरिएको थियो ।

अघिल्लो लेखमावडाध्यक्ष का छोरा खुम गिरी नियम बिपरित दुइ वटा उपभोक्ता समितीमा
अर्को लेखमारतुवामाइमा आँखामा पट्टी बाँधिएको अवस्थामा युवकको सब भेट्टियो