बैशाख २९ झापा । गौरीगञ्जमा बुधबार मध्यरात देखि जेठ ३ गतेसम्म पुर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिएको छ । बुधबार दिउसो बसेको पालिका स्तरीय सिसिएमसिको बैठकले सो निर्णय गरेको हो । बैठकले गौरीगञ्जमा सँक्रमित हरुको सँख्या बढ्दै गएको मा सँक्रमित हरुको कन्ट्याक्ट ट्रेसिङ गरि सँभाबित सँक्रमित हरु लाई परीक्षण को दायरामा ल्याउने तथा सँक्रमण को चक्र तोड्न जिल्ला प्रशासन कार्यालय झापाबाट जारी भएको निषेधाज्ञा यथावत् राख्दै जिल्ला प्रशासन कार्यालय झापासँग सहमति लिइ पुर्ण लकडाउन गर्ने निर्णय गरेको छ ।
बैठकले अत्यावश्यक काम बाहेक गौरीगञ्ज गाउँपालिका क्षेत्र भित्र का सम्पुर्ण हाट बजार, पसल, बैँक, बित्तिय सँस्था , कार्यालय, सवारीसाधन हरु पुर्ण रुपमा बन्द गराउने निर्णय गरेको छ ।
त्यसैगरी लकडाउन अबधि भित्र मा सँक्रमित हरुको कन्ट्याक्ट ट्रेसिङ गरि सँभावित सँक्रमित हरुको पिसिआर वा एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको छ ।
लकडाउनको अबधि भित्र मा कुनै कार्यालय तथा सँस्थाहरुले आफ्नोे आफ्नो आन्तरिक काम गर्नु परे गाउँपालिका तथा सुरक्षा निकाय सँग अनुमति लिई आन्तरीक कामकाज गर्न सकिने तर यसरी आन्तरिक कामकाज गर्दा समेत सकेसम्म कम कर्मचारी हरुको उपस्थिति मा कामकाज गर्नपाउने निर्णय गरेको छ ।
सिसिएमसि बैठकले निषेधाज्ञा लाई थप कडाई गरि पुर्ण लकडाउन गर्ने निर्णय गरेपनि निर्माण सामग्री ढुवानी तथा बजार क्षेत्रमा भइरहेको निर्माण योजना हरुको सँबन्ध मा भने मौन देखिएको छ ।