फागुन २८, गौरीगञ्ज । आज शनिबार देखि गौरीगञ्जमा हातीपाईले रोग बिरुद्धको औषधी खुवाईदैछ । गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले हातिपाइले रोग बिरुद्धको औषधी खाँदै हातिपाईले रोग बिरुद्धको अभियानको शुभारम्भ गरेका छन् । गौरीगञ्ज माविमा आयोजित शुभारम्भ कार्यक्रममा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ वडा नँ ४ का वडाध्यक्ष कुलप्रसाद गिरी गौरीगञ्ज माबिका प्रअ गोबिन्द प्रसाद घिमिरे लगायतले औषधि खाएका थिए । यो अभियान फागुन २८ गते देखि चैत ७ गतेसम्म चल्ने कुरा स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र ले बताए ।
बिगत १० बर्ष देखि झापामा नियमित खुवाइरहेको सो औषधी यो बर्ष पनि खुवाउन लागिएको हो ।सन् २०२० मै नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिबद्धता नेपाल सरकारले गरे पनि केही जिल्लामा निवारण हुन नसक्दा अभियान थपिएको कुरा स्वास्थ्य शाखा प्रमुख मिश्र ले जानकारी दिए ।
क्युलेक्स जातको पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा सो रोग लाग्ने गर्छ । ज्वरो आउनु र शरीरमा कम्पन हुनु, रक्तनली सुनिनु, पुरुषका अण्डकोष वरपर नसा फुल्नु, महिलामा यौनाङ्ग अथवा स्तन सुनिनु, पिसाब सेतो हुनु आदि सो रोगको लक्ष्यण हो । मानिसको शरीरमा यो रोग लागेर विकसित भएपछि उपचार नहुने भएकाले यसबाट बच्ने एक मात्रै विकल्प भनेको सुरुको अवस्थाबाटै औषधि सेवन गर्नुपर्छ । हातीपाईले रोग औषधी ५ वर्षसम्म लगातार खाएमा यो रोग नलाग्ने चिकित्सकहरु बताउँछन् ।
यो रोग लागिसकेपछि उपचार नहुने हुँदा रोग लाग्न नदिने उपायको रुपमा आमऔषधि औषधि सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
पछिल्लो तथ्यांक अनुसार गौरीगञ्जमा हातिपाईले रोगका ४० बिरामी छन् भने झापामा हात्तीपाइले आशंका गरिएका २९० बिरामी छन् । तीमध्ये १४६ जनामा हाइड्रोसिल, १४० जना खुट्टा सुन्निएको र ६ जना हात र स्तन सुन्निएका हरु छन् ।
उक्त औषधि ओछ्यान परेका सिकिस्त बिरामी, दुई वर्षमु्निका केटाकेटी र गर्भवती तथा तीन महिनासम्मका सुत्केरीबाहेक सबैले सेवन गर्न मिल्ने जिल्लाका फोकल पर्सन चौलागाईंले जानकारी दिए ।