असोज ८, गौरीगञ्ज । आज शनिबार देखि गौरीगञ्जमा हरेक रात राति ९: ३० बजेसम्म मात्र बजार पसल खुल्ला राख्न पाईने भएको छ ।‌ आउदै गरेको चाँडपर्व हरुलाई लक्षित गर्दै चाँडवाँडका वेला मदिरा सेवन गरि हुन सक्ने दुर्घटना, आपराधिक गतिविधि तथा चोरी लगायतका घटना हरु न्युनिकरण गर्न का लागि , उद्योग वाणिज्य संघ गौरीगञ्ज, गौरीगञ्ज गाउँपालिका, सरोकारवाला र सुरक्षा निकायका पदाधिकारी हरुको बैठकले सो निर्णय गरेको हो ।
गत बिहिबार खजुरगाछी को शिवालय मन्दिर हलमा बसेको झापा उद्योग वाणिज्य संघ गौरीगञ्ज, गौरीगञ्ज गाउँपालिका , सुरक्षा निकाय, स्थानीय व्यापारी र सरोकारवाला हरुको सँयुक्त बैठक ले सो निर्णय गरेको थियो । निर्णय लाई गाउँ कार्यपालिका को बैठक बाट अनुमोदन गराउन हिजो उद्योग वाणिज्य संघ गौरीगञ्ज का अध्यक्ष मखना महतोले गाउँपालिका अध्यक्ष फुलबती राजवँशी लाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

उद्योग वाणिज्य संघ ले शनिबार देखि हरेक रात ९: ३० बजे पछी आ-आफ्नो बजार पसल, होटल तथा व्यापारी सँस्था हरु बन्द गर्न र राति १० बजे पछि अत्यावश्यक काम बाहेक घर बाहिर हिडडुल नगरिदिन समेत अनुरोध सहितको माईकिङ गरेका छन् ।