दशैँका लागि असोज २९ गतेदेखि नयाँ सटही हुने भएको छ । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँ र तिहारमा पनि नयाँ नोट सटही सुविधा दिने तयारी गरेको हो । यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुने कुरा नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा पाइनेछ । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरेको छ ।