अब सामाजिक सुरक्षा भत्ता तिन- तिन महिनामा बितरण हुने


भदौ ३०, गौरीगञ्ज । अहिले सम्म चौमासिक रुपमा अर्थात् प्रत्येक चार चार महिना म बितरण हुदै आएको बृद्धा भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता अब त्रैमासिक अर्थात तिन तिन महिनामा बितरण हुने भएको छ । गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागले एक सुचना प्रकाशित गर्दै सो कुरा जनाएको छ ।

सुचनामा सबै स्थानिय तहहरु लाई सम्बोधन गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम (१६) को उपनियम (१२) अनुसार चालु आ.व २०७८/७९ देखि वैमासिक बजेट निकासा भएकोले सामाजिक सुरक्षा भत्ता समेत वैमासिक रुपमा भुक्तानी गर्नुपर्ने हुँदा सोही बमोजिम गर्ने गरी आवश्यक व्यवस्था गर्नुहुन आदेशानुसार अनुरोध छ – भनिएको छ ।

अघिल्लो लेखमाटिकटक बनाउने क्रममा सेती नदिमा खसेर दुलही बेपत्ता
अर्को लेखमाआफ्नो लयमा फर्किदै गौरीगञ्ज