मँसिर १८ गौरीगञ्ज । ३३ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अबसरमा गौरीगञ्जमा आजित अन्तरकृया कार्यक्रममा अपाङ्गता भएका ब्यक्तीहरुले गौरीगञ्ज गाउँपालिकाबाट सेवा लिन सहज नभएको कुरा गुनासो गरेका छन् । उनिहरले कुनै काम लिएर आउदा वडाध्यक्षले अध्यक्षलाइ र अध्यक्षले वडाध्यक्षलाइ देखाएर आलटाल गर्ने गरेको बताएका छन् । हामी अपाङ्गता भएका ब्यक्तीलाइ सहयोग गर्छौ भन्ने कुरा केवल नारामा मात्र सिमित भएको बताउदै उनिहरुले स्थानिय सरकारबाट प्रशासनिक सेवा लिन निकै झन्झटीलो हुने गरेको बताएका छन् ।
बक्ताहरुले सार्वजनिक गातायात लगायतका अन्य क्षेत्रहरुमा समेत अपाङ्गता भएका ब्यक्तीहरुलाइ सरकारले दिने गरेका सेवाहरु नपाउको गुनासो गरेका छन् ।
गौरीगञ्ज गाउँपालिका कार्यालयको प्राङ्गणमा आयोजित अन्तरकृया कार्यक्रममा गाउँपालिका अध्यक्ष पुलबती राजवँशी उपाध्यक्ष पुजन न्यौपाने कुँवर अपाङ्गता सहयोग समिती अध्यक्ष शेरमान बुढाथोकी लगायतको उपस्थिती रहेको थियो । एक तथ्याँक अनुसार गौरीगञ्जमा ६ सय २९ जना अपाङ्गता भउका ब्यक्तीहरु रहेका छन् जस मध्ये ३ सयको हाराहारीमा पुर्ण अपाङ्गता भएका ब्यक्तीहरु रहेको छ ।