असार १६, गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका को सहयोगमा अपाङ्गता सहयोग समिति ले अपाङ्गता भएका ब्यक्तिहरु लाई सहयोगी सामग्री बितरण गरेको छ । बुधबार गाउँपालिका को सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी १० जना अपांगता भएका व्यक्ति हरुलाई ट्राइ साईकल, ईयरफोन, कम्बोड चियर, स्टिक, ह्विलचियर लगायतको सामग्री बितरण गरेको छ ।‌‌

सामग्री बितरण
बितरण

गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा, प्रमुख प्रशासकीय अधिकृत राजु दाहाल र कार्यपालिका सदस्य राधा अधिकारी को उपस्थिति मा वितरण गरिएका सामग्री हरु गाउँपालिका ले बिनियोजन गरेको लक्षित बर्ग को कार्यक्रम अन्तर्गत बितरण गरिएको कुरा अपाङ्गता सहयोग समिति का अध्यक्ष शेरमान बुढाथोकी ले जनाएकाछन् ।