जेठ २७, गौरीगञ्ज । अन्तराष्ट्रिय झापाली समाजले कोभिड १९ को महामारी रोकथाम का लागि गौरीगञ्ज गाउँपालिका लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । समाजले गाउँपालिका लाई बिहिबार १५ थान डिस्पाेजल पि.पि.ई, २ सय थान हेन्ड्स ग्लाेबस, ५ सय थान सर्जिकल मास्क, १० लिटर सेनेटाइजर,५ थान थर्मल गन, र २ थान नेबुलाइजर प्रदान गरेको हो समाजका तर्फबाट उपाध्यक्ष नविन पाख्रेलले गाैरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ लाई सो सामग्री हस्तान्तरण गरेको थियो । सो अबसरमा गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, प्रमुख प्रशासकीय अधिकृत राजु दाहाल,र कार्यपालिका सदस्य जेठा मुर्मुकाे उपस्थिति रहेको थियो ।
तस्बिर – गाउँपालिका