फागुन ५, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्ष पदमा समिक बडाल निर्वाचित भएका छन्।
अनेरास्ववियुको २३ औ राष्ट्रिय महाधिवेशन बाट उनि विजयी भएको नेता सन्तोष राना क्षेत्रीले जानकारी दिए बडालले अध्यक्षका उम्मेदवार आरसी लामिछाने र मोती विकलाई हराएका हुन्। उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन्।
नरेश रोकाया महासचिव निर्वाचित भएका छन्। सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्।
यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्।
अधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए। मतपरिणाम औपचारिक रूपमा घोषणा गर्न बाँकी छ।