
अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न : कुन वडाले जीते कुन खेल ?
माघ १२ गौरीगञ्ज । गौरिगञ्ज गाउपालिका द्वारा आयोजित अध्यक्ष कप खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ । खजुरगाछी माबिको खल मैदानमा अन्तर वडा स्तरिय फुटबल प्रतियोगिताको फाइनल पछी प्रतियोगिता सम्पन्न भएको हो ।
गत पुस २७ गते बाट शुरु भएको प्रतियोगितामा महिला र पुरुष तर्फ छुट्टा छुट्टै भलिबल प्रतियोगिता क्रिकेट प्रतियोगिता र फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।
महिला तर्फको भलिबल प्रतियोगितामा वडा नँ ३ लाइ हराउँदै वडा नँ २ बिजयी भएका थिए । सो खेलमा बेस्ट लिफ्टरको उपाधी वडा नँ ३ की खेलाडी निकिता ढाकाल कटुवालले जितेकी छन् भने बेस्ट डिफेन्डरको उपाधी वडा नँ २ की खेलाडी सँगिता किस्कुले जितेकी छन् । त्यसै गरि उत्कृष्ट खेलाडीको उपाधी वडा नँ २ की कबिसा खड्काले जितेकी छन् भने बेस्ट स्पाइकरको उपाधी वडा नँ ३ की सँगिता महतोले जितेकी छन् ।
त्यस्तै पुरुष भलिबल तर्फ वडा नँ २ लाइ हराउँदै वडा नँ ३ बिजयी भएका थिए । सो प्रतियोगितामा बेस्ट स्पाइकरको उपाधी वडा नँ ३ का सन्देश प्रधानले जितेका छन् भने बेस्ट लिफ्टरको उपाधी वडा नँ २ का रोहित राजवँशीले जितेका छन् । त्यस्तै बेस्ट डिफेन्डरको उपाधी वडा नँ २ का अमन राजवँशीले जितेका छन् भने उत्कृष्ट खेलाडी वडा नँ ३ का राजन मण्डल बनेका छन् ।
क्रिकेट तर्फ वडा नँ १ लाइ पराजित गर्दै वडा नँ ६ ले उपाधी हात पारेका थिए भने बेस्ट बलरको उपाधी वडा नँ १ का रञ्जन शाह बेस्ट बेट्समेनको उपाधी वडा नँ २ का रबिन्द्र यादबले र म्यान अफ द सिरिजको उपाधी वडा नँ ६ का मो सोनु ले जितेका छन् ।
त्यस्तै फुटबल प्रतियोगिता तर्फ वडा नँ ४ र वडा नँ ६ बीच भएको फाइनल खेलमा खेल अबधी भर दुबै टिम बाट कुनै गोल हुन नसकेपछी पेनाल्टी मा गएको थियो तर पेनाल्टीमा समेत बराबरीमा खोल रोकिएपछी अन्त्यमा सडेन डेथमा वडा नँ ४ ले खेल जितेका थिए । सो प्रतियोगितामा बेस्ट गोलकिपरको उपाधी वडा बुधराज नेम्वाङ ले सर्वाधिक गोलकर्ताको उपाधी बिशाल थापाले र बेस्ट प्लेयर अफ द टुर्नामेन्टको उपाधी सागर खड्काले जिलेका छन् ।
प्रत्येक खेलका बिजेता समुहलाइ नगद रु ३१ हजार प्रमाण पत्र ट्रफी र मेडल तथा उप बिजेता समुहलाइ नगद रु २१ हजार प्रमाणपत्र ट्फी र मेडल सहित पुरस्कृत गरिएको थियो भने अन्य ब्यक्तीगत बिजेता हरलाइ ट्फी सहित पुरस्कृत गरिएको थियो ।
पालिका स्तरिय खेलबुद बिकास समितीका अध्यक्ष प्रबिण बिकको सभापतित्वमा र गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशीको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर प्र्व अध्यक्ष बाबुराजा श्रेष्ठ पुर्व उपाध्यक्ष दिपेन्द्र थापा लगायत वडाध्यक्षहरुको उपस्थिती रहेको थियो ।