जेठ २८ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ ३ स्थित लोकसेवा सदनको बिबादित जग्गा सँबन्धी मुद्दा अघि बढाउन गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलबती राजवँशीले आनाकानी गरेपछी स्थानियहरु तातिएका छन् । मुद्दा पुनरनबेदन गर्ने समय ढर्किएर जाँदा समेत गाउँपालिकाले कुनै ठोस निर्णय नदिएपछी आज आइतबार वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरीले स्थानियहरुको राय बुझ्न सार्वजनिक भेला बोलाएका थिए ।
भेलामा उपस्थित स्थानियहरुले पालिका भित्रका सार्वजनिक जग्गाहरुको सँरक्षण गर्ने दायित्व स्थानिय सरकारको रहेको हुँदा लोक सेवा सदनको झण्डै २५ करोड मुल्य बराबरको जग्गा भु माफियाहरुले जालझेल गरि कब्जा गर्न आटेको अबस्थामा गाउँपालिकाले मुद्दा अघि बढाउनु पर्ने बताएका थिए । उनिहरुले गाउँपालिका यस मुद्दामा अघि नबढे वडा कार्यालय वा स्थानियहरु आफै मुद्दा अघि बढाउन तयार हुनु पर्ने बताए । मुद्दामा गाउँपालिका उदाशिन देखिए आफुहरु चन्दा उठाएरै भएपनि मुद्दा अघि बढाउने स्थानियहरुले बताए ।
सो मुद्दामा गत जेठ ३ गते जिल्ला अदालत झापाले फैसला गर्दै गौरीगञ्ज ३ को १२६ नँबरको कित्ता सहित का जग्गाहरु लोकसेवा सदन २०३८ भन्ने सँस्थाको नाममा रहेको र सो सँस्था कानुनी रुपमा बिगठन नभएको अबस्थामा सो जग्गाहरु सार्वजनिक गर्न नमिल्ले फैसला गरेका थिए भने अर्को लिखित बैइज्जति सँबन्धी मुद्दाको फैसला गर्दै गाउँपालिकाले मृत सँस्था भन्ने शब्द लोकसेवा सदन २०३८ को हकमा प्रयोग गरेको र लोकसेवा सदन २०३८ र लोकसेवा सदन २०५९ छुट्टाछुट्टै सँस्था भएकाले शो शब्द लोकसेवा सदन २०५९ लाइ नभनेको भनि फैसला गरि लोकसेवा सदन २०३८ र लोकसेवा सदन २०५९ दुइ फरक सँस्था रहेको ठहर गरेका छन् । २०३८ सल पछी निश्क्रिय रहेको सँस्था बिगठन गरि सो सँस्थाको जग्गा गाउँपालिकाको मातहतमा ल्याउन उच्च अदालतमा पुनराबेदन गर्ने म्याद अब १० दिन मात्र बाकी छ ।
गाउँपालिकाका पुर्व अध्यक्ष बाबुराजा श्रेष्ठले २०३८ सलको सँस्थाको जग्गा २०५९ सालको सँस्थाले भोगचलन गर्न नमिल्ने बताउदै अब मुद्दा पुरनाबेदन गर्दा जित्न सकिने मुद्दा लाइ पुनराबेदन गर्न गाउँपालिका अध्यक्ष फुलबती राजवँशीले आलटाल गरि समय खेर फालिरहेकाले यो मुद्दा गाउँपालिकाले अघि बढाउछ भन्ने कुरामा आफु बिश्वस्त नरहेको बताए । त्यसैगरि गाउँपालिकाका पुर्व उपाध्यक्ष दिपेन्द्र थापा पुर्व वडाध्यक्ष मखना महतो तथा स्थानिय अगुवा श्याम ढकाल पनि यस मुद्दामा गाउँपालिका अघि बढ्छ भन्ने कुरामा बफुहरु बिश्वस्त नरहेको बताए । केहि दिन अघि सो मुद्दाको बारेमा पुर्व अध्यक्ष उपाध्यक्ष तथा वडाध्यक्ष सहितको टोली ले गाउँपालिका अध्यक्ष फुलबती राजवँशीलाइ सो मुद्दा अघि बढाउन अनुरोध गर्न जाँदा अध्यक्ष राजवँशीले आलटाले जवाफ दिएको स्मरण गर्दै उनिहरुले गाउँपालिका ले अघिल्लै मुद्दामा भएको वकीलको पारीश्रमिक दिन समेत आलटाल गरेको बताए ।
भेलामा स्थानिय केदार रिमाल गोबिन्द कुँवर हेमा आचार्य गोपाल खरेल प्रमोद राजवँशी पर्वत राजवँशी शुसिल दास निरज शर्मा यादव रिजाल कृष्ण महतो लगायतले राय सुझाव पेश गरेका थिए । सबैले सार्वजनिक जग्गा सँरषण गर्न गाउँपालिका अघि बढ्नु पपर्ने र पालिका अघि नबढे वडा कार्यालयले मुद्दा अघि बढाउनु पर्ने र आफुहरु आर्थिक सहयोग गर्न तयार रहेको बताएका थिए ।
भेलाले पुर्व जनप्रतिनिधि सहितको सँघर्ष समिती समेत बनाएको छ । भेला पछी नव गठित सँघर्ष समिती सहितको टीलीले गाउँपालिका पुगेर अध्यक्ष फुलबती राजवँशी सँग मुद्दा पुनराबेदन गर्नेकी नगर्ने र अघिल्लो मुद्दामा वकिलको पारिश्रमिक तिर्ने कि नतिर्ने भन्ने प्रश्नको जवाफ मागेका थिए ।
अध्यक्ष राजवँशीले फेरिपनि पुनराबेदनको म्याद गुजार्ने गरि आलटाले जवाफ दिएका छन् । उनले कार्यपालिका बै७कबाट छलफल गरि आवश्यक निर्णय लिने बताएका छन् । तर कहिले कार्यपालिका बैठक बस्ने भन्ने कुराको उनले जवाफ नै दिएनन् । अनले आलटाले जवाफ दिएपछी केहिबेर स्थानियहरु आक्रोशित भएका थिए ।