Happy Tihar 2082

४ सय २३ को पिसिआर परीक्षण गर्दा रँगेलीमा थपिए ३० जना नयाँ सँक्रमित

पढ्न समय: 1 मिनेट

रबिन्द्र बराल
२३ साउन रँगेली । मोरँगको रँगेली नगरपालिकामा शुक्रबार थप ३० जना नयाँ सँक्रमित हरु फेलापरेका छन् । रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि रंगेली नगरपालिकाले मंगलबार ४ सय २३ जना काे स्वाब सँकलन गरेको थियोे । शुक्रबार आएकाे रिपोर्ट मा ४ सय २३ मध्ये ३० जना सङक्रमित रहेको नगरपालिकाले जनाएको छ । जस मध्ये ६ जना महिला २४ जना पुरुष रहेको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मंन्डल ले बताए ।
सँक्रमितहरु वडा नँ ४ मा २ जना, वडा नँ ५ मा १ जना, ६ मा ३ जना र वडा नँ ७ मा २४ जना रहेको कुरा बूझिएको छ ।
हाल कुनैपनि आइसोलेसन सेन्टर हरुमा बेड खालि नभएपछी उनी हरु लाई रंगेली स्थित जनता क्यापस काे क्वारेन्टाइन मा राखिने भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्