३७ बर्ष एउटै बिद्यालयमा सेवा गर्नुभएका राजेन्द्र सरको बिदाइ

पढ्न समय: 3 मिनेट


३७ बर्षको समय चानचुन कुरो होइन तर उनले जीवनको ३७ बर्ष एउटै बिद्यालयमा एउटै पेशामा बिताए । २३ बर्षे ठिटो उमेरमा ६ महिनाका लागि अस्थायी रुपमा पढाउन खजुरगाछी माबिमा पसेका उनि ६० बर्षको पाको उमेरमा त्यही बिद्यालयबाट सेवा निबृत भइ निस्कदा उनका आखा रसाइरहेका थिए । बिदाइका बेला उनले आफ्ना गुरुहरुलाइ समेत सँझिन भ्याए ।


झापाको गौरीगञ्ज ६ स्थित खजुरगाछी माबिका पुराना पुस्ताका एक मात्र गुरु राजेन्द्र ढकाल ३७ बर्षे लामो जागिरे जीवनबाट सोमबार अबकास पाएका छन् । उनि २०३९ साल असोज २ गतेदेखि खजुरगाछी माबिमा अस्थायी शिक्षकका रुपमा शिक्षण पेशामा होमिएका थिए । त्यसबेला त्यो बिद्यालय माबि भए सकेको थिएन कक्षा ७ सम्म मात्र पढाइ हुन्थ्यो । शिक्षा सेवा आयोग पास गरि २०४३ साल भदौ १ गते देखि स्थायी सेवामा प्रवेश गरेका उनको जोवनको ३७ बसन्त यहि बिद्यालयमा बित्यो ।

- Advertisement -
Ad image


सोमबार बिद्यालयले एक औपचिरक कार्यक्रमको आयोजना गरि ढकाललाइ बिदाइ गरि रहँदा मञ्चमा उनका पुराना सहकर्मी शिब कुमार दास उनिसँग बिताएका पलहरु स्मरओ गरि रहेका थिए । बिद्यालय सँकटको अबस्थाबाट गुज्रीरहेको बेला राजेन्द्र सर सँग मिलेर बिद्यालय जोगाउन चन्दा अभियान चलाएको घटना देखि सो बिद्यालय लाइ उच्च माबि बनाउन राज्न्द्र सरको भुमिकाको समेत चर्चा गर्न भ्याए उनले ।
त्यसै गरि बिद्यालयका प्रधानाध्यापक गहेन्द्र बिक्रम साहले समेत बिद्यालयमा उनको भुमिका र योगदानको चर्चा गरे । वडा नँ ६ का वडाध्यक्ष बद्री नारायण यादवले आफु समेत राजेन्द्र सरबाटै दिक्षित भएको चर्चा गर्दै बिद्यालयबाट आज उनलाइ बिदाइ गर्नु पर्दा खल्लो लागेको अनुभब सुनाए । गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षा समिती सँयोजक दिपेन्द्र थापाले शिक्षकको जीवन मैन बत्ती जस्तै रहेको उदाहरण दिदै सेवा निबृत भए पनि गाउँपालिकाको शिक्षा क्षेत्रमा र बिद्यालयको प्रगतिमा राजेन्द्र सरको भुमिका आगामी दिनहरुमा समेत रहि रहने कुरा जिकिर गरेका थिए ।
बाल क्रबका अध्यक्ष तथा खजुरगाछी माबिका छात्र पिताम्बर राजवँशीले राजेन्द्र सरको चेलो हुन पाएकोमा आफुलाइ गौरबान्बित भएको बताउदै आफु सधै सरले देखाएको बाटोमा हिड्ने प्रतिबद्धता गरेका थिए ।


बिद्यालयका पुर्व प्रअ बिष्णु लुइटेलले बिद्यालय सँकटको अबस्थाबाट गुज्रिएको बेला राज्नद्र सरले बिद्यालय जोगाउन खेलेको भुमिकाको चर्चा गरे ।
बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष चन्द्र प्रसाद यादबको अध्यक्षतामा भएको बिदाइ कार्यक्रममा शिक्षक ढकाललाइ कदर पत्र सहित दोसल्ला ओढाएर बिदाइ गरिएको थियो भने बिद्यालय परिबार शिक्षक तथा बिद्यार्थीहरुका तर्फबाट समेत फुलमाला सहित उपहारहरु प्रदान गरिएको थियो ।
कार्यक्रममा शिक्षक टेक प्रसाद लिङदेन र बिद्यार्थी हेमा पराजुलीले गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *