Happy Tihar 2082

हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री सहित सातको मृत्यु

पढ्न समय: 1 मिनेट

बुधबार दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेष्टी  हेलिकप्टरमा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका लागि कल साइन अल्फा माइक इन्डिया (एएमआई) भएको हेलिकप्टरमा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ । ईकान्तिपुरमा खबर छ |

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशकआङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसिचव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया सवार थिए।

- Advertisement -
Ad image

त्रिभुवन विमानस्थलको केन्द्रीय उद्दार समन्वय केन्द्रका प्रवक्ता प्रतापबाबु तिवारीले ६ जनाको शव फेला परेको बताए। उनले भने, ‘हेलिकप्टरको पुच्छरबाहेक सबै जलेको छ।’
यस्तै डिआइजी केदार रिजालका अनुसार ४ जना प्रहरी पुगिसकेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *