Happy Tihar 2082

स्थानिय तहलाई आफुखुशी कर्मचारी भर्नामा अँकुश

पढ्न समय: 1 मिनेट

काठमाडौं : केन्द्रीय सरकारले ७५३ वटै स्थानीय तहको प्रशासन सञ्चालन गर्न आवश्यक पर्ने कानुनको सिद्धान्त र मापदण्डसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ।

मस्यौदामा स्थानीय तहले जथाभावी कर्मचारी भर्ना गर्ने प्रयासलाई कस्न ६ वटा सिद्धान्त तथा आधार निर्धारण गरेको छ। कर्मचारी कानुन बनाउँदा तथा भर्ना गर्दा समेत स्थानीय तहले ६ सिद्धान्तलाई अनिवार्य रुपमा पालना गर्नुपर्ने प्रावधान प्रस्तावित विधेयकमा राखिएको छ।

- Advertisement -
Ad image

जसअनुसार स्थानीय तहले कर्मचाारी व्यवस्थापनका सम्बन्धमा कानुन निर्माण गर्दा योग्यता प्रणालीको सिद्धान्त, समान अवसरको सिद्धान्त, समावेशिताको सिद्धान्त, सेवासर्त सुरक्षाको सिद्धान्त, राजनीतिक तटस्थताको सिद्धान्त र स्वच्छताको सिद्धान्तअनुसार गर्नुपर्नेछ।,आजकाे राजधानी दैनिकमा खबर छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *